इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न सम्बन्धी प्रेस विज्ञप्ति

Facebook
X
LinkedIn
WhatsApp

प्रेस विज्ञप्ति

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

 

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोश्रो बार्षिक साधारण सभा मिति २०७७ चैत ३० गते (तदुनासार १२ अप्रिल २०२१) सोमबारका दिन ११:०० बजे  इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको कार्यालय भूपिसडक-१, नारायणचौर, नक्साल, काठमाडौँ, भीम प्लाजा (पहिलो तल्ला)बाट इन्स्टिच्युटका अध्यक्ष श्री राजु रमण पौडेलज्यूको सभापतित्वमा वेविनार मार्फत सम्पन्न भयो ।

उक्त साधारण सभामा निम्न संचालकज्यूहरुको उपस्थिति रहेको थियो :-

  • श्री दीप प्रकाश पाण्डे – प्रमुख कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
  • श्री विजय बहादुर शाह – प्रमुख कार्यकारी अधिकृत, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
  • श्री निर्मल काजी श्रेष्ठ – प्रमुख कार्यकारी अधिकृत, मेट लाइफ एलिको
  • श्री प्रकाश विक्रम खत्री – प्रमुख कार्यकारी अधिकृत, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ।

उक्त सभामा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शंकर कुमार रायमाझीज्यू तथा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रसाद पौडेलज्यूको पनि समुउपस्थिति रहेको थियो ।

साथै, जीवन बीमा कम्पनीहरु र निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी  अधिकृतहरुज्यू /प्रतिनिधिज्यूहरुको पनि भर्चुयल उपस्थिति रहेको थियो ।

 

मिति २०७७/१२/३० गते

 

Facebook
X
LinkedIn
WhatsApp
Picture of Insurance Institute of Nepal

Insurance Institute of Nepal

The Insurance Institute of Nepal (IIN) is a professional training and capacity-building institution established in 2019 as a Public Limited Company under Nepal’s Company Act 2063. Founded through a joint initiative of the Insurance Regulatory Authority and Nepal’s insurers, IIN is dedicated to strengthening professionalism in the insurance sector through specialized training, research, and industry collaboration.